काठमाडौं
नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को दोस्रो खेल अहिले आयोजक मलेसियासँग खेलिरहेको छ । विहान ७ः४५ बाट सुरु भएको खेलमा मलेसिया व्याटिङमा उत्रिएको छ । ताजा अवस्थामा मलेसियाले १५ ओभरको समाप्तीमा ८ वीकेट गुमाएर ८८ रन जोडेको छ ।
नेपाल र मलेसिया ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आमने सामने भएको पाँच वर्षपछि यो पहिलो पटक हो । नेपालले २०१३ मा भएको एसिसी ट्वान्टी–२० प्रतियोगितामा मलेसियालाई १९ रनले निराश पारेको थियो । हालसम्म मलेसियाविरुद्ध खेलेका तीन ट्वान्टी–२० खेल मध्ये नेपालले २ मा जित हात पारेको छ भने एक खेल गुमाएको छ ।
समूह बी मा १ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ भने २ खेल खेलेका थाइल्यान्ड र मलेसिया ३ अंकका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।































प्रतिक्रिया