काठमाडौं

साफ यू १८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ । "/>

भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश : साफ यू १८ महिला च्याम्पियनसिप

भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश : साफ यू १८ महिला च्याम्पियनसिप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

साफ यू १८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ । भुटानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।

नेपालको जितका लागि नेपाली गोलकिपर अन्जना रानामगरले उत्कृष्ट प्रदर्शन गरिन् । उनको उत्कृष्ट प्रदर्शनमा पेनाल्टी सुटआउटमा भारत नेपालसँग ३,२ गोल अन्तरले पराजित भएको हो । निर्धारित समय र थप भएको ३० मिनेटमा खेल १,१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउमा भएको थियो ।

नेपालको जितमा गोलरक्षक रानामगरले उत्कृष्ट बचाउ गरिन् । उनले भारतका दुई खेलाडीको प्रहार बचाएकी थिइन् भने भारतीय खेलाडीको एउटा प्रहार पोस्ट माथिबाट बाहिरिएको थियो । नेपालको एक प्रहार बाहिरिए पनि रेखा पौडेल र गोलरक्षक अञ्जनाले गोल गरे ।

यसअघि खेलको सुरुआतमा लिएको अग्रता जोगाउन नसक्दा नेपालले निर्धारित समयसम्म भारतसँग १–१ गोलको बराबरी खेल्नु परेको थियो । खेलको १५ औं मिनेटमा नेपालकी रश्मीकुमारी घिसिङले भारतीय गोलरक्षकको गल्तीको फाइदा उठाउँदै गोल गरेकी थिएन् । पहिलो गोल गरेपछि आक्रामक बनेको नेपालले पहिलो हाफमा भारतलाई निकै दबाबमा राखेको थियो ।

दोस्रो हाफमा भारत आक्रामक बने पनि नेपालकी गोलरक्षकले उत्कृष्ट बचाउ गरिन् । खेलको ६२ औं मिनेटमा भारतकी टुडु जाबामनिले फ्रिकिक मार्फत बराबरी गोल फर्काएकी थिइन् ।

समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२,० ले पराजित गरेको थियो भने बंगलादेशसँग २,१ ले पराजित भएको थियो । समूह चरण अन्तर्गत एक खेलमा जित र अर्को खेलमा हार ब्यहोर्दै नेपाल सेमिफाइनलमा पुगेको थियो । नेपालले भुटान र बंगलादेशबीचको विजेतासँग आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
अन्नपूर्णबाट

Logo