बायर्न म्युनिखले बोका जुनियर्सलाई हरायाे

बायर्न म्युनिखले बोका जुनियर्सलाई हरायाे

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकपमा अर्जेन्टिनाको बोका जुनियर्सलाई पराजित गरेकाे छ ।

समूह ‘सी’ अन्तर्गतको दोस्रो खेलमा म्युनिखले जुनियर्सलाई २-१ गोल अन्तरले पराजित गरेको हाे । खेलमा बायर्नका लागि १८ औं मिनेटमा ह्यारी केनले गोल गर्दै अग्रता दिलाएका थिए। तर, बोका जुनियर्सले दोस्रो हाफमा बराबरी गोल फर्कायो। ६६ औं मिनेटमा मिगुएल मेरेन्टियलले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

त्यसपछि खेलको ८४ औं मिनेटमा माइकल ओलिसेले बायर्नका लागि निर्णायक गोल गर्दै टोलीलाई २-१ को जित दिलाए।

Logo