घोराहीमा ‘राष्ट्रिय लुम्बिनी रोड रेस’ आयोजना हुने

घोराहीमा ‘राष्ट्रिय लुम्बिनी रोड रेस’ आयोजना हुने

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा घोराहीमा भव्य र आकर्षक ‘राष्ट्रिय लुम्बिनी रोड रेस’ को आयोजना हुने भएको छ ।

आगामी असार १४ गते बिहान ७ बजे, घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस बाट सुरु हुने यो १० किलोमिटर दौड प्रतियोगिता, देशभरिका उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरूको सहभागितामा सम्पन्न हुने छ ।

कार्यक्रमको बारेमा जानकारी दिँदै परिषद्का सदस्य सचिव तिरनदाज गौतम ले यस प्रतियोगिता राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र खेलकुद संस्कृतिलाई प्रवर्धन गर्न आयोजित गरिएको बताए । प्रतियोगिताका लागि नाम दर्ता असार १३ गतेसम्म खुला गरिएको छ ।

परिषद्का अर्का सदस्य कैलाश रोकाले भने, “यो प्रतियोगिताले दक्ष खेलाडीहरू उत्पादन गर्ने र उनीहरूलाई पहिचान र प्रोत्साहन गर्न मद्दत गर्ने लक्ष्य राखेको छ।”

प्रतियोगिताका विजेताहरूका लागि आकर्षक पुरस्कारको पनि व्यवस्था गरिएको छ :
(महिला तथा पुरुष दुवै)

• प्रथम स्थान : रु. ५०,०००
• दोस्रो स्थान : रु. ३०,०००
• तेस्रो स्थान : रु. २०,०००
• चौथो स्थान : रु. १५,०००
• पाँचौँ स्थान : रु. १०,०००

त्यस्तै, छैटौंदेखि दशौं स्थानसम्म पुग्ने सहभागीहरूलाई पनि प्रतिव्यक्ति रु ५,००० पुरस्कार दिइनेछ । यो प्रतियोगिता लुम्बिनी प्रदेशको खेलकुद क्षेत्रको विकास र नयाँ प्रतिभाहरूको खोजी मा एक महत्वपूर्ण कदम सावित हुने विश्वास गरिएको छ ।

Skip This
Skip This
Logo