काठमाडौं। ब्राजिलियन फुटबल स्टार नेयमारले आफ्नो बाल्यकालको क्लब सान्तोससँग ६ महिनाका लागि सम्झौता नवीकरण गरेका छन्।
क्लबले एक विज्ञप्तिमार्फत ३३ वर्षीय नेयमार यस वर्षको अन्त्यसम्म सान्तोसमै रहने जानकारी दिएको हाे ।
गत जनवरीमा साउदी क्लबबाट सान्तोसमा फर्किएदेखि नेयमारले चोटका कारण एक महिनाभन्दा बढी समय मैदानबाहिर रहनुपरेकाले ब्राजिलियन च्याम्पियनसिपका चार खेलमा मात्र खेलेका छन्। यस महिनाको सुरुमा उनलाई कोभिड-१९ पनि पुष्टि भएको थियो।
सान्तोस हाल ब्राजिलियन सेरी ए तालिकामा १५ औं स्थानमा रहेको छ। नेयमार शुक्रबार नयाँ सम्झौताका साथ प्रशिक्षणमा फर्कने अपेक्षा गरिएको छ।































प्रतिक्रिया