काठमाडौं । स्पेनिस महारथी रियल म्याड्रिड फिफा क्लब विश्वकपको नकआउट चरणमा प्रवेश गरेकाे छ । भर्खरै सम्पन्न समूह ‘एच’ को तेस्रो तथा अन्तिम खेलमा अस्ट्रियाको आरबी साल्जवर्गलाई ३-० गोल अन्तरले पराजित गर्दै रियलले स्थान सुरक्षित गरेकाे हाे ।
खेलको ४० औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा फेडेरिको भालभर्देले गोल गर्दै रियलको अग्रता दोब्बर पारे।
दोस्रो हाफमा पनि रियल म्याड्रिडले आफ्नो दबदबा कायम राख्यो। खेलको ८४ औं मिनेटमा गोन्जालो गार्सियाले गोल गर्दै रियल म्याड्रिडको सानदार ३-० को जित सुनिश्चित गरे।





























प्रतिक्रिया