नेपाली राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलियामा ‘टप एन्ड टी-२० सिरिज’ खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलियामा ‘टप एन्ड टी-२० सिरिज’ खेल्ने

केन्द्रबिन्दु
96
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी अगस्ट १४ बाट अष्ट्रेलियाको डार्विनमा सुरु हुने ‘टप एन्ड टी-२० सिरिज’मा सहभागिता जनाउने भएको छ। यो सिरिजलाई आईसीसी पुरुष टी-२० विश्वकप एसिया क्वालिफायर्सको महत्वपूर्ण तयारीका रूपमा हेरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले दिएकाे जानकारीअनुसार, अष्ट्रेलिया भ्रमणले नेपाली टोलीलाई उच्चस्तरको प्रतिस्पर्धात्मक वातावरणमा अभ्यास गर्ने अवसर प्रदान गर्नेछ। यसले खेलाडीहरूलाई आगामी आईसीसी पुरुष टी-२० विश्वकप एसिया क्वालिफायर्सका लागि आवश्यक अनुभव र आत्मविश्वास दिलाउने विश्वास गरिएको छ।

‘टप एन्ड टी-२० सिरिज’ मा विभिन्न स्थानीय र अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहने गर्दछ, जसले नेपाली टोलीलाई विभिन्न खेल शैली र रणनीतिहरूसँग परिचित हुने मौका दिनेछ ।

Skip This
Skip This
Logo