इन्डोनेसियाविरुद्ध प्रसिद्धले प्रहार गरे शतक

इन्डोनेसियाविरुद्ध प्रसिद्धले प्रहार गरे शतक

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । एसीसी मेन्स यु–१६ एलिट कप अन्तर्गत इन्डोनेसियाविरुद्ध नेपालका ओपनर प्रसिद्ध जैशीले शतक प्रहार गरेका छन् ।

मलेसियामा जारी प्रतियोगितामा आइतबार बिहान टस जितेर इन्डोनेसियाले फिल्ड रोजेपछि नेपाल सुरुमा ब्याटिङमा उत्रिएको थियो । सो क्रममा सानदार ब्याटिङ गर्दै प्रसिद्धले ७२ बलमा शतक पूरा गरेका हुन् । २१ ओभरको समाप्तिमा हालसम्म नेपालले मात्र २ विकेटको क्षतिमा २३४ रन जोडिसकेको छ ।

यसअघि दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको लक्ष्यका साथ मैदानमा छ। प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

Skip This
Skip This
Logo