काठमाडौँ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ। सावित्रा भण्डारी ‘साम्बा’ले कप्तानी गरेको खेलमा नेपालले पहिलो हाफमा लाओसविरुद्ध २–० गोलको अग्रता लिएको छ ।
नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले एक एक गोल गरिन्। नेपालले खेलको सुरुआतमा नै अग्रता बनायो। खेलको १२औँ मिनेटमा अनिताले गोल गरिन्। सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि उनले गोल गरिन्।
यस्तै खेलको ४४औँ मिनेटमा नेपालका लागि अनिताको क्रसमा सावित्राले गोल गरिन्। नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई आज आराम गर्न दिइएको छ। नेपाल रहेको ‘एफ’ मा लाओसका साथै उज्वेकिस्तान र श्रीलङ्का रहेका छन्।































प्रतिक्रिया