इन्टर मियामीलाई हराउँदै पीएसजी क्लब विश्वकपको क्वार्टरफाइनलमा

इन्टर मियामीलाई हराउँदै पीएसजी क्लब विश्वकपको क्वार्टरफाइनलमा

केन्द्रबिन्दु
105
Shares

काठमाडाैं । पेरिस सेन्ट-जर्मेन (पीएसजी) फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेकाे छ । राउन्ड अफ १६ को खेलमा पीएसजीले इन्टर मियामीलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हाे ।

पीएसजीले खेलको सुरुदेखि नै आफ्नाे दबदबा कायम राखेकाे थियाे । खेलको छैटौं मिनेटमा जोआओ नेभेसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। त्यसपछि ३९ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे।

पहिलो हाफ सकिनै लाग्दा पीएसजीले थप दुई गोल गर्न सफल भयो। खेलको ४४ औं मिनेटमा इन्टर मियामीका टोमास अभिलेसले आत्मघाती गोल गरेपछि पीएसजीको अग्रता ३-० पुग्यो। त्यसको केही क्षणपछि नै पहिलो हाफको अतिरिक्त समयमा अचरफ हाकिमीले गोल गर्दै पीएसजीलाई ४-० को बलियो स्थितिमा पुर्‍याए।

दोस्रो हाफमा थप कुनै गोल हुन नसक्दा पीएसजी क्वार्टरफाइनलमा पुगेकाे हाे । यता आयाेजक मियामी बाहिरिएकाे छ ।

Skip This
Skip This
Logo