राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगर च्यासल युथ क्लबमा आबद्ध भएका छन् । शनिबारदेखि शुरु हुने लिगका लागि बिमलले च्यासल युथ क्लबबाट खेल्ने भएका हुन् । "/>

विमल घर्तीमगर च्यासल क्लबमा आबद्ध

विमल घर्तीमगर च्यासल क्लबमा आबद्ध

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगर च्यासल युथ क्लबमा आबद्ध भएका छन् । शनिबारदेखि शुरु हुने लिगका लागि बिमलले च्यासल युथ क्लबबाट खेल्ने भएका हुन् ।
बिमल च्यासलमा आबद्ध भएको पक्का भएपनि उनीसँग भएको सम्झौता रकम भने सार्वजनिक गरिएको छैन । च्यासलले ‘ए’ डिभिजनका लागि खेलाडीसँग सम्झौता गर्ने क्रम जारी राखेको जनाएको छ ।

विमललाई भित्र्याउन अरु क्लबहरुले पनि प्रयास थालेको थियो । च्यासल दुई वर्षअघि ‘बी’ डिभिजनको विजेता बन्दै ‘ए’ डिभिजन उक्लेको हो ।

चार वर्षपछि हुन लागेको लिगको उद्घाटन खेलमा न्यूरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगको दोस्रो खेल आइतबार सङ्कटा क्लब र सरस्वती क्लबबीच हुनेछ । दुई खेलपछि नेपालले बङ्गलादेशमा हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागिता जनाउने भएका कारण केही समयका लागि लिग स्थगित हुनेछ ।

रेलिगेसन नहुने लिग आगामी माघ १६ गतेसम्म चल्नेछ । लिगमा १४ ‘ए’ डिभिजन क्लबले खेल्ने छन् । थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब लिगमा सहभागी हुनेछन् ।

Logo