काठमाडौं । अपराजित रहँदै नेपालले लगातार दोस्रोपटक एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको छ । मलेसियाको युकेएम ओभलमा आज भएको फाइनल खेलमा सिंगापुरमाथि २ विकेटको रोमाञ्चक जित दर्ता गर्दै नेपाल च्याम्पियन बनेको हो ।
नेपाल साविकको विजेतासमेत हो ।
११४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै ११८ रन बनाउँदै लक्ष्य पूरा गर्यो । यसअघि दमदार प्रदर्शन गर्दै आएको नेपाललाई आज भने ब्याटिङ लय खस्कँदा जित निकाल्न धौ-धौ नै परेको थियो । नेपालका लागि जय थापाले २४ रन, शिवांशु बजगाईंले २० रन, शुभम खनालले १८ रन र प्रसिद्ध जैशीले १७ रन बनाए ।
सिंगापुरका लागि कपिल वेन्कटरामले सर्वाधिक ४ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै ११३ रनको योगफल बनाएकाे थियाे । उसका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । त्यसैगरी रिहान नाइकले १५, दान्स गुप्ता १२ रन र आकाश तेजा १० रन बनाए । त्यसबाहेक सिङ्गापुरका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
सिङ्गापुरका लागि सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले समान तीन/तीन विकेट लिए भने शुभम खनालले दुई विकेट लिए । त्यस्तै कप्तान बिपिनप्रसाद शर्माले एक विकेट लिए ।
नेपाल प्रतियोगितामै अपराजित रह्याे । मलेसियालाई हराउँदै फाइनल यात्रा तय गरेको नेपालले यसअघि समूहचरणमा चारवटै खेलमा शानदार जित हासिल गर्दै आठ अंकसहित शीर्ष स्थानमा रहेको थियो । समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले, तेस्रो खेलमा इन्डोनेसियामाथि कीर्तिमानी ३७० रनको जित हासिल गरेको थियो































प्रतिक्रिया