काठमाडौं

भारतमा जारी ४६ औं एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ । "/>

अफगानिस्तान विरुद्ध नेपालको १३ गोल : यू–१८ एसियन फुटबल

अफगानिस्तान विरुद्ध नेपालको १३ गोल : यू–१८ एसियन फुटबल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

भारतमा जारी ४६ औं एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ ।

भारतको आग्रामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १३–१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा दिनेश हेन्जनले चार गोल गरे । बुद्ध तामाङले ह्याट्रिक गरेको खेलमा रितिक खड्काले दुई, नितिन थापा, जय गुरुङ, अशिम गुरुङ र अनिल महर्जनले एक एक गोल गरे । अफगानिस्तानका सियावासी हुसेनीले पेनाल्टी मार्फत एक गोल फर्काए ।

समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरे पनि नेपाल सेमिफाइनल पुग्न सकेन । समूह चरणको दुई खेलमा पराजित भएको नेपालले अब पाँचौँ स्थानका लागि बिहीबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीका व्यवस्थापक रुपेश अधिकारीले जानकारी दिनुभयो । समूह ‘ए’मा रहेको नेपालले मङ्गलबार चीनलाई ३–१ ले हराएको थियो । यसअघि असोज ६ गतेको खेलमा थाइल्याण्डसँग २–० र ९ गते इण्डोनेसियासँग २–१ ले पराजित भएको थियो ।
रासस

Skip This
Skip This
Logo