काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले फेरि टी टेन क्रिकेट खेल्ने भएका छन् । एकपछि अर्को सफलता हात पादैृ गएका सन्दीपले अब सबैभन्दा छोटो फरम्याटको प्रतियोगिता टी टेन क्रिकेट खेल्न लागेका हुन् । "/>

सन्दीपलाई फेरि अर्को सफलता, ३५ लाखमा टी टेन क्रिकेट खेल्ने

सन्दीपलाई फेरि अर्को सफलता, ३५ लाखमा टी टेन क्रिकेट खेल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले फेरि टी टेन क्रिकेट खेल्ने भएका छन् । एकपछि अर्को सफलता हात पादैृ गएका सन्दीपले अब सबैभन्दा छोटो फरम्याटको प्रतियोगिता टी टेन क्रिकेट खेल्न लागेका हुन् ।

यो प्रतियोगिता १० ओभरको हुनेछ। सन्दीपलाई डिफेन्डिङ च्याम्पियन केरला किंग्सले अनुबन्धन गरेको हो। प्रतियोगिता नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म युएईको सारजाह क्रिकेट मैदानमा हुनेछ ।

सन्दीपलाई केरलाले ३० हजार अमेरिकी डलर अर्थात झण्डै ३५ लाख (३४ लाख ८३ हजार) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले पनि मान्यता दिइसकेको छ । टी टेनमा कूल ८ टिमको सहभागिता रहनेछ।

केरला किंग्सको कप्तान इयान मोर्गान हुन् । सन्दीप र मोर्गान बाहेक अन्य खेलाडीमा क्रिस गेल, सोयव तनबिर, केइरोन पोलार्ड, पाउल पल स्टर्लिङ, दासुन संखा, जुनेद खान र टम कुरान रहेका छन् ।

सन्दीपले गत सिजन इण्डियन प्रिमियर लिगमा डेल्ली डेयर डेभिल्सबाट खेलेका थिए। त्यसपछि उनले क्यानडा ग्लोबल टी–२० र क्यारेबियन प्रिमियर लिगको अनुभव बटुलिसकेका छन्। अर्को साता सुरु हुने अफगानिस्तान प्रिमियर लिगमा पनि सन्दीपले सहभागिता जनाउदैछन्।

Logo