काठमाडौं । अलस्टार इस्पोर्ट्स नेपालको आयोजनामा ‘अलस्टार इस्पोर्ट्स च्याम्पियनसिप २०२५’ सम्पन्न भएको छ । टुर्नामेन्टमा पब्जी मोबाइल, मोबाइल लिजेन्ड्स र इ–फुटबल प्रमुख गेमहरूमा प्रतिस्पर्धा भएको छ ।
जसअन्तर्गत पब्जी मोबाइलमा टिम दादाले उपाधि जितेको छ । त्यसैगरि सरी ल उपविजेता बनेको छ । जेरो फेयर तेश्रो बन्न सफल भएको छ । त्यसैगरी, मोबाइल लिजेन्ड्समा फोनिक्स नेपाल विजयी भएको छ ।
चिनिस कि फिनिस उपविजेता बनेको छ । ई-स्पोर्टस फुटवलमा रिजवान श्रेष्ठ विजयी भएका छन् । आशिष केसी उपविजेता बनेका छन् । विजेताहरूलाई २५ हजार रुपैयाँ भन्दा बढी नगद पुरस्कारसहित मेडल सटिफिकेटस्, ट्रफीले सम्मान गरिएको छ । पछिल्लो केही समययता ई–स्पोर्टस्को लोकप्रियता बढ्दै गएको छ । प्रतियोगितामा सहभागी हुन प्लस टु दिएर बसेकाहरुलाई निःशुल्क प्रदेश दिइएको थियो ।
‘ई–स्पोर्टस्’ भनेको विद्युतीय माध्यमबाट खेलिने खेल हो । विज्ञान र प्रविधिको विकाससँगै ई–स्पोर्टस् विश्वव्यापी रुपमा फैलिरहेको र अमेरिका जापान, कोरिया, चीन भारतजस्ता देशहरुमा व्यवसायिक ई–स्पोर्टस् सबैभन्दा बढी खेलिने भएकाले नेपालमा पनि यसको सुरुवात गरिएको छ । त्यसपछि टीभी गेमहरु भयो, भिडिओ गेमहरुबाट सुरुवात हुँदै गएपछि सन् २००० को दशकपछि यसको विस्तृत रुपमा विकास भएको पाइन्छ ।
विश्वमा यसको अवस्थाको बारेमा कुरा गर्नुपर्दा लगभग ६०–७० देशमा स्पोर्टस्को रुपमा यसलाई सरकारले मान्यता दिइसकेको छ । नेपालमा पनि शिक्षा सगै ई खेललाई पनि संगसगै लैजान उक्त खेलको आयोजना गरिएको अलस्टर ई-स्पोर्टस संस्थाले जनाएको छ ।





























प्रतिक्रिया