पोखरा निन्जाजकाे मुख्य प्रशिक्षककाे जिम्मेवारी रूपेशकुमार विष्टलाई

पोखरा निन्जाजकाे मुख्य प्रशिक्षककाे जिम्मेवारी रूपेशकुमार विष्टलाई

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । पोखरा निन्जाजले आफ्नो मुख्य प्रशिक्षक रुपमा रूपेशकुमार विष्टलाई जिम्मेवारी दिएको छ ।

वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका निम्ति टोलीको प्रशिक्षकमा नियुक्त गरेको टिम डाइरेक्टर विकास खेतानले जानकारी दिए । रुपेश कुमार विष्ट नेपाल पुलिस क्लबको महिला टोलीका प्रशिक्षक समेत हुन्।

पछिल्लोसमय महिला भलिबलमा पुलिसले जमाएको दबदबामा विष्टको महत्त्वपूर्ण भूमिका छ ।

गत वर्ष पुलिसले काभा महिला क्लब च्याम्पियनसिप जित्दै इतिहास रच्दा विष्टले नै टोली सम्हालेका थिए । उनले इडब्लुभिएलको पहिलो संसकरणमा गण्डकीको मुख्य प्रशिक्षक भएर काम गरेका थिए।

यसैगरी सहायक प्रशिक्षकको रूपमा एफआईभिपि लेभल टु कोच सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। ६ वटा फ्रेन्चाइज टोलीहरूको सहभागितासहित यो लिग नेपाली महिला भलिबलको व्यावसायिक यात्रामा एक युगान्तकारी मोड सावित हुने अपेक्षा गरिएको छ।

वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको कार्यक्रम मिति पनि पहिले नै तय भइसकेको छ।

Skip This
Skip This
Logo