क्लोज क्याम्पमा रहेका २० खेलाडी प्रशिक्षणका लागि भारत जाने, सन्दीप र आलम छुटे

क्लोज क्याम्पमा रहेका २० खेलाडी प्रशिक्षणका लागि भारत जाने, सन्दीप र आलम छुटे

केन्द्रबिन्दु
375
Shares

काठमाडौं । टी(२० विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्पमा रहेकामध्ये २० जना खेलाडीलाई प्रशिक्षणका लागि भारत लगिने भएको छ ।

भारतीय दूतावासको सहकार्य तथा भारतीय क्रिकेट बोर्डको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले बैंगलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा उनीहरुलाई प्रशिक्षण दिने भएको हो । यस प्रशिक्षण शिविरमा हाल बन्द प्रशिक्षणमा रहेका ३२ मध्ये २० खेलाडी सहभागी हुनेछन्। बाँकी खेलाडीहरूले भने नेपालमै नियमित बन्द प्रशिक्षण जारी राख्नेछन्।

भारत जाने खेलाडीहरूमा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिल कुमार साह, भिम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, रुपेश कुमार सिंह, विवेक कुमार यादव, रिजन ढकाल, प्रतिश जि.सी., नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दिप जोरा, सागर ढकाल, आकाश चन्द र शुभ कंसाकार छन् ।

हालै राष्ट्रिय टिममा कमब्याक गरेका मोहम्मद आदिल आलम, सन्दीप लामिछाने, साेमपाल कामी र करण केसी भारत जाने सूचीमा छुटेका छन् ।

Skip This
Skip This
Logo