न्यूयोर्क । मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीले सानदार जित हासिल गरेकाे छ । भर्खरै सम्पन्र खेलमा इन्टर मियामीले एनवाई रेड बुल्समाथि ५-१ को फराकिलो जित निकालेकाे हाे ।
९० मिनेटको रोमाञ्चक खेलमा इन्टर मियामीका स्टार लियोनेल मेस्सीका दुई महत्वपूर्ण गोल गरे ।
खेलको सुरुवातमा रेड बुल्सले अग्रता लिएकाे थियाे । १४औं मिनेटमा अलेक्जेन्डर हकले गोल गर्दै घरेलु टोलीलाई अप्रत्याशित अग्रता दिलाएका थिए। तर, इन्टर मियामीले तुरुन्तै आफूलाई पुनरागमन गर्याे । डिफेन्डर जोर्डी अल्बाले २४औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
यसैगरी तेलासको सेगोभियाले २७औं मिनेटमा गोल गर्दै मियामीलाई अग्रता दिलाए। सेगोभियाले पहिलो हाफको इन्जुरी समयमा अर्को महत्वपूर्ण गोल थपेपछि इन्टर मियामीले ३-१ को सहज अग्रता लियाे।
दोस्रो हाफमा मेस्सी चम्किए । अर्जेन्टिनी सुपरस्टारले ६०औं मिनेटमा क्लिनिकल फिनिसिङ देखाउँदै गोल गरे । त्यसपछि उनले ७५औं मिनेटमा अर्को गोल थप्दै आफ्नो व्यक्तिगत स्कोर दोब्बर पारे र रेड बुल्समाथि ५-१ को जित दर्ता गरे ।































प्रतिक्रिया