नेपालले जित्याे ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड

नेपालले जित्याे ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई यस वर्षको प्रतिष्ठित ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड प्रदान गरेको छ ।

फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्स (ट्विटर) लगायतका डिजिटल प्लेटफर्महरूमा क्यानको डिजिटल पहुँचमा उल्लेखनीय वृद्धि भएपछि अवार्ड जितेकाे हाे । यसले लगभग ११७ मिलियनको कुल पहुँच हासिल गरेको छ भने कुल फलोअर संख्या १.१७ मिलियनबाट बढेर १.५९ मिलियनभन्दा बढी पुगेको छ, जसमा ४२०,००० भन्दा बढी नयाँ फलोअर थपिएका छन्।

विशेष गरी, फेसबुक (क्यान अफिसियल) मा भिडियो हेरिने समय दोब्बर भई १३.४ मिलियन मिनेटभन्दा बढी पुगेको छ। यसैगरी, भर्खरै सुरु गरिएको क्यान डोमेस्टिक अकाउन्टले ४.४ मिलियन मिनेटभन्दा बढी समय हासिल गरेको छ, जसले घरेलु क्रिकेटको लोकप्रियतालाई उजागर गरेको छ।

युट्युबमा हेरिने समय २७७ प्रतिशतले बढेर २.१३ मिलियन घण्टाभन्दा बढी पुगेको छ भने इन्स्टाग्राम भ्यूज ४० मिलियनभन्दा माथि पुगेको छ । यी प्लेटफर्महरूमा हाइलाइट्स, खेलाडीका कथाहरू र प्रत्यक्ष अपडेटहरूले प्रशंसकहरूलाई आकर्षित गरेका छन्।

Skip This
Skip This
Logo