वेस्ट इन्डिजमाथि अस्ट्रेलियाकाे ३ विकेटको रोमाञ्चक जित

वेस्ट इन्डिजमाथि अस्ट्रेलियाकाे ३ विकेटको रोमाञ्चक जित

केन्द्रबिन्दु
51
Shares

काठमाडाैं । अस्ट्रेलियाले पहिलो टी-२० खेलमा वेस्ट इन्डिजमाथि ३ विकेटको रोमाञ्चक जित हासिल गरेको छ।

वेस्ट इन्डिजले दिएको १८९ रनको लक्ष्यलाई अस्ट्रेलियाले १८.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। यो जितसँगै अस्ट्रेलियाले ५ खेलको शृंखलामा १-० को अग्रता लिएको छ।

पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८९ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि रोस्टन चेजले विस्फोटक ब्याटिङ गर्दै ३२ बलमा ६० रन बनाए। यस्तै, शाई होपले ३९ बलमा ५५ रनको योगदान दिए भने शिम्रोन हेटमायरले १९ बलमा ३८ रन जोडे।

अस्ट्रेलियाका बलरहरूमध्ये बेन ड्वार्शुइसले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए। मिचेल ओवेनले १ ओभरमा १४ रन दिएर १ विकेट तथा कुपर कोनोलीले २ ओभरमा २४ रन दिएर १ विकेट हात पारे।

१९० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्‍यो। क्यामरुन ग्रीनले २६ बलमा ५१ रन बनाए भने मिचेल ओवेनले २७ बलमा ५० रनको अर्धशतकीय पारी खेले। कप्तान मिचेल मार्सले १७ बलमा २४ रन जोडेर टोलीलाई जित नजिक पुर्‍याए।

वेस्ट इन्डिजका बलरहरूमध्ये गुडाकेश मोटीले ४ ओभरमा २९ रन दिएर २ विकेट लिए। जेसन होल्डरले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट तथा अल्जारी जोसेफले ३.५ ओभरमा ३९ रन दिएर २ विकेट हात पारे।

Logo