काठमाडौं । साफ यू२० महिला च्याम्पियनसिपमा नेपाल फेरि एकपटक उपविजेतामै सीमित बनेको छ।
सोमबार भएको निर्णायक खेलमा आयोजक बंगलादेशसँग ४-० गोलले पराजित हुँदै नेपाल उपविजेता बनेको हो। बंगलादेशको जितमा सागोरिकाले नै ४ गोल गरिन् ।
योसँगै बंगलादेश अपराजित रहँदै पाँचौं पटक च्याम्पियन बनेको छ भने नेपाल तेस्रो पटक उपविजेतामा सिमित बनेको छ । यसअघि सन् २०१८ र २०२३ मा नेपाल उपाधिबाट चुकेको थियो। दुवै पटक नेपाल बंगलादेशसँग नै हारेको थियो। नेपाल तीन पटक तेस्रो भएको इतिहास छ।





























प्रतिक्रिया