नेपाल र कुवेतबीच वार्षिक क्रिकेट शृंखला आयोजना हुने

नेपाल र कुवेतबीच वार्षिक क्रिकेट शृंखला आयोजना हुने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाल र कुवेतबीच वार्षिक क्रिकेट शृंखला आयोजना हुने सम्झौता भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेट बोर्डबीच सन् २०२६ देखि पुरुष तथा महिला दुवै टोलीका लागि वार्षिक रूपमा कम्तीमा तीन टी-२० अन्तर्राष्ट्रिय (टी-२०आई) र थप ५० ओभरका खेलहरू आयोजना गर्ने ऐतिहासिक साझेदारी भएको हााे । यो साझेदारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) को सिंगापुरमा सम्पन्न वार्षिक सम्मेलनमा भएको हो।

यो सम्झौता अनुसार, दुवै देशले प्रत्येक वर्ष एक-अर्काको भूमिमा क्रिकेट शृंखला खेल्नेछन्। क्यानले मंगलबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “यो साझेदारीले एसियाभरि क्रिकेटको वृद्धि र विकासमा एउटा प्रमुख कोसेढुंगा साबित हुनेछ। वार्षिक शृंखला एसोसिएट क्रिकेट क्यालेन्डरमा एक महत्वपूर्ण स्थान बनाउने र पारस्परिक विकास तथा उत्कृष्टताका लागि एउटा मञ्च बन्नेछ ।”

यो साझेदारीको महत्व अझ बढ्छ किनभने नेपाल र कुवेत दुवै आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आईसिसी पुरुष टी-२० विश्वकप २०२६ एसिया क्षेत्रीय छनोटमा जापानसहित एउटै समूहमा रहेका छन्। यसले आगामी वर्षहरूमा दुई देशबीचको क्रिकेट प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउने निश्चित छ।

Skip This
Skip This
Logo