काठमाडाैं । दुई पटककी बालोन डी’ओर विजेता आइटाना बोनमातीले अतिरिक्त समयमा सानदार गोल गर्दै स्पेनलाई युरो २०२५ को फाइनलमा पुर्याएकी छिन्।
बुधबार भएको रोमाञ्चक सेमिफाइनलमा जर्मनीलाई १-० ले हराउँदै स्पेनले अब फाइनलमा इंग्ल्याण्डसँग सन् २०२३ को विश्वकपको फाइनलको पुनरावृत्ति गर्ने भएको हाे ।
९० मिनेटको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि, खेल अतिरिक्त समयमा धकेलिएको थियो। ११३ औं मिनेटमा बोनमातीले उत्कृष्ट तरिकाले बललाई नियन्त्रणमा लिँदै जर्मनीकी गोलरक्षक आन-काट्रिन बर्गरलाई झुक्याउँदै बललाई जाली चुमाएकी थिइन्।
जर्मनीले बाँकी केही मिनेटमा गोलका लागि निकै दबाब दियो, तर स्पेनकी गोलरक्षक काटा कोलले लिआ सुलरको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै स्पेनलाई पहिलो युरो फाइनलमा पुर्याइन्।
अब स्पेनले इंग्ल्याण्डसँग भिड्नेछ, जुन सन् २०२३ को विश्वकप फाइनलको पुनरावृत्ति हो। उक्त फाइनलमा स्पेनले ओल्गा कार्मोनाको पहिलो हाफको गोलमा १-० ले जितेको थियो।































प्रतिक्रिया