काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि चितवन राइनोजले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ।
गत सिजनको लोगोमा “चितवन” भन्ने शब्दलाई अगाडि राखिएको थियो, जुन शहरको पहिचानमा केन्द्रित थियो। तर, यसपटकको लोगोमा “राइनोज” अर्थात् गैँडालाई मुख्य रुपमा प्रस्तुत गरिएको छ – एक यस्तो प्रतीक जसले हाम्रो टिमको मर्म र फ्यानहरूको भावना दुवैलाई जोड्छ।
यो परिवर्तन केवल डिजाइनमा होइन, समर्पण र गर्वको झलकको पनि हो। अबको लोगोमा देखिएको गैँडा, चितवन, नेपाली क्रिकेट र एनपीएललाई माया गर्ने लाखौं समर्थकहरूको प्रतिनिधि बनेर अगाडि आएको छ।
टोलीका अध्यक्ष आयुष न्यौपानेका अनुसार नयाँ लोगोले समर्थकहरूको भावना र टिमको वास्तविक पहिचानलाई झल्काउने प्रयास गरेको छ। साथै, चितवनले आगामी सिजनका लागि कप्तान कुशल मल्लसहित ६ खेलाडीलाई रिटेन गरिसकेको छ। रिटेन खेलाडीहरूमा कुशल मल्ल, रिजन ढकाल, दीपक बोहरा, अमरसिंह राउटेला, कमलसिंह ऐरी र गौतम केसी छन्।
कुशल मल्लकै कप्तानीमा चितवनले पहिलो संस्करणमा प्लेअफसम्मको यात्रा तय गरेको थियो। नेपाल प्रिमियर लिगको दोस्रो सिजनको मिनी अक्सन आउँदो अगस्टमा हुने तालिका तय भइसकेको छ।































प्रतिक्रिया