वेस्ट इन्डिजविरुद्धकाे ५ खेलकाे टी-२० सिरिजमा अस्ट्रेलियाकाे क्लिनस्विप

वेस्ट इन्डिजविरुद्धकाे ५ खेलकाे टी-२० सिरिजमा अस्ट्रेलियाकाे क्लिनस्विप

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-२० सिरिजको अन्तिम खेलमा ३ विकेटको सानदार जित हासिल गरेको छ। वेस्ट इन्डिजले दिएको १७१ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेकाे हाे । यस जितसँगै अस्ट्रेलियाले सिरिजमा ५० काे क्लिनस्विप गरेकाे छ ।

अस्ट्रेलियाकाे जितमा मिचेल ओवेनले १७ बलमा ३७ रनको योगदान दिए। क्यामरुन ग्रीनले १८ बलमा ३२ रन बनाए भने टिम डेभिडले मात्र १२ बलमा ३० रनको विस्फोटक इनिङ्स खेले।

बलिङतर्फ वेस्ट इन्डिजका अकेल होसेनले किफायती बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। अल्जारी जोसेफले २.१ ओभरमा २१ रन दिएर २ विकेट लिए भने जेसन होल्डरले ३ ओभरमा ३६ रन दिएर २ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १७० रन बनाएको थियो। वेस्ट इन्डिजका लागि शिम्रोन हेटमायरले आक्रामक ब्याटिङ गर्दै ३१ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै, शेर्फेन रदरफोर्डले १७ बलमा ३५ रन र जेसन होल्डरले १५ बलमा २० रन जोडे।

अस्ट्रेलियाका लागि बेन ड्वार्सुइसले उत्कृष्ट बलिङ गर्दै ३.४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए। नाथन एलिसले ४ ओभरमा ३२ रन दिएर २ विकेट हात पारे भने ग्लेन म्याक्सवेलले १ ओभरमा ६ रन दिएर १ विकेट लिए।

Logo