लिग्स कपमा इन्टर मियामीकाे रोमाञ्चक जित

लिग्स कपमा इन्टर मियामीकाे रोमाञ्चक जित

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । अमेरिकन लिग्स कपको समूह चरणको पहिलो खेलमा इन्टर मियामीले मेक्सिकन क्लब एटलासलाई २-१ गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै इन्टर मियामीले प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

खेलको ५७ औं मिनेटमा टेलास्को सेगोभियाले गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए। तर, एटलासले ८० औं मिनेटमा रिवाल्डो लोजानोको गोल मार्फत खेल बराबरीमा ल्यायो।

खेलको अन्तिम क्षणसम्म पनि रोमाञ्चक रह्यो। इन्जुरी समयमा मार्सेलो वेइग्यान्डले गोल गर्दै इन्टर मियामीलाई २-१ को महत्वपूर्ण जित दिलाएका हुन् ।

Skip This
Skip This
Logo