मेजर लिग सकरमा जुलाई महिनाको उत्कृष्ट खेलाडी बने मेस्सी

मेजर लिग सकरमा जुलाई महिनाको उत्कृष्ट खेलाडी बने मेस्सी

केन्द्रबिन्दु
51
Shares

काठमाडाैं । इन्टर मियामीका कप्तान लियोनल मेस्सी जुलाई २०२५ का लागि मेजर लिग सकरको प्लेयर अफ द मन्थ घोषित भएका छन्। यस सिजन मेस्सीको यो दोस्रो प्लेयर अफ द मन्थ अवार्ड हो, यसअघि उनले मे २०२५ मा पनि यो सम्मान जितेका थिए।

मेसीले याे महिना ८ गोल गरेका छन् र ३ असिस्ट पनि दिएका छन्। फिफा क्लब विश्वकपमा इन्टर मियामीको नकआउट चरणको प्रदर्शनपछि क्लबले यस महिनामा ४ जित, १ बराबरी र १ हारको नतिजा दर्ता गर्दै कुल ४२ अंक (१२ जित, ४ बराबरी, ६ हार) सहित सपोर्टर्स शिल्डको दौडमा आफूलाई उभ्याएको छ।

मे २८ यताका एमएलएसका पछिल्ला सात खेलहरूमा मेस्सीले ६ पटक २-२ गोल गरेका छन् र थप ७ असिस्ट दिएका छन्। यस सिजन उनले १८ गोलसहित गोल्डेन बुटको दौडमा न्यासभिल एससीका साम सर्रिजसँग शीर्ष स्थानमा बराबरी गरेका छन्।

सन् २०२४ को सुरुदेखि मेस्सीले एमएलएसमा कुल ३८ गोल गरेका छन्, जुन लिगकै सर्वाधिक हो। साथै, उनले २५ असिस्ट पनि दिएका छन्, जसले उनलाई दुई वर्षको अवधिमा कम्तीमा ३५ गोल र २५ असिस्ट गर्ने लिग इतिहासका पाँच खेलाडीमध्ये एक बनाएको छ।

Skip This
Skip This
Logo