काठमाडौं
साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारत र माल्दिभ्स पुगेका छन् । सेमिफाइनलको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित भयो भने पाकिस्तान भारतसँग ३–१ ले पराजित भयो । भारत र माल्दिभ्सले फाइनल खेल शनिबार खेल्ने छन् ।
बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको हो । रक्षापंक्तिको लगातार कमजोरीमा नेपालले गोल खाएको थियो । वर्षाले बिथोलेको खेलमा माल्दिभ्सले पहिलो हाफमा फ्रिकिक गोल मार्फत अग्रता लिएको थियो ।
माल्दिभ्सका लागि नवौं मिनेटमा अक्रम अब्दुल घानीले डिबक्स छेउ पाएको फ्रिकिकमा गोल गरेका थिए । नेपालका विमल घर्तीमगरले माल्दिभ्सका खेलाडीलाई फल खेलेपछि माल्दिभ्सले फ्रिकिकको मौका पाएको थियो । त्यसमा घानीले उत्कृष्ट गोल गरे । माल्दिभ्स प्राविधिक रूपमा निकै बलियो देखिएको थियो । खेलको अन्तिम तिर माल्दिभ्सका लागि इब्राहिम हसन वाहिदले दुई गोल गरे । इब्राहिमले ८४ औं र ८६ औं मिनेटमा गोल गरेका थिए ।
यता भारत र पाकिस्तानको खेल प्रतिस्पर्धात्मक बनेपनि पाकिस्तान दोस्रो हाफमा चुक्यो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको पाकिस्तानले तीनै गोल दोस्रो हाफमा खाएको हो ।
अन्नपूर्णबाट





























प्रतिक्रिया