काठमाडौं । आगामी अगस्ट १४ देखि २४ सम्म अष्ट्रेलियाको नर्दन टेरिटोरीमा आयोजना हुने ‘टप एन्ड टी-२०’ सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक विज्ञप्ती जारी गर्दै रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो।
यस सिरिजलाई नेपालले सन् २०२६ को आईसीसी टी-२० विश्वकप छनोटको महत्त्वपूर्ण तयारीका रूपमा लिएको छ। टोलीमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलित मिश्रण रहेको छ।
नेपालको ‘टप एन्ड टी-२०’ स्क्वाड:
रोहित पौडेल (कप्तान)
दीपेन्द्र सिंह ऐरी (उप-कप्तान)
आसिफ शेख (विकेटकिपर)
सन्दीप लामिछाने
कुशल भुर्तेल
कुशल मल्ल
गुलशन झा
आरिफ शेख
भीम सार्की
रूपेश सिंह
सोमपाल कामी
नन्दन यादव
करण केसी
रिजान ढकाल
लोकेश बम (विकेटकिपर)
ललित राजवंशी
यो सिरिजमा नेपालसँगै पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’, अमेरिकाको शिकागो किंग्समेन र अष्ट्रेलियाका बिग ब्यास लिगका विभिन्न फ्रेन्चाइजका एकेडेमी टोलीहरू (होबार्ट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स) तथा ए.सी.टी. कमेट्स र आयोजक एन.टी. स्ट्राइक गरी कुल ११ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
नेपालले आफ्नो पहिलो खेल अगस्ट १५ मा आयोजक एन.टी. स्ट्राइकविरुद्ध खेल्नेछ।































प्रतिक्रिया