पाँच सन्तानपछि रोनाल्डोले प्रेमिका जर्जिनासँग गरे इन्गेजमेन्ट

पाँच सन्तानपछि रोनाल्डोले प्रेमिका जर्जिनासँग गरे इन्गेजमेन्ट

केन्द्रबिन्दु
129
Shares

काठमाडाैं । पाेर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग इन्गेजमेन्ट गरेका छन्। ३१ वर्षीया जर्जिनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर पोस्ट गर्दै यो खुसीको खबर सार्वजनिक गरेकी हुन्, जसमा उनको औंलामा एउटा विशाल औंठी देख्न सकिन्छ।

४० वर्षीय रोनाल्डो र जर्जिनाको भेट सन् २०१६ मा म्याड्रिडको एउटा गुच्ची स्टोरमा भएको थियो, जहाँ जर्जिना सेल्स असिस्टेन्टको रूपमा काम गर्थिन्। त्यसयता उनीहरू सँगै छन्। उनीहरूका दुई छोरी छन् र जर्जिनाले रोनाल्डोका अन्य तीन सन्तानलाई पनि आफ्नै जस्तै माया गरेर हुर्काएकी छन्।

सन् २०२२ मा उनीहरूले आफ्ना जुम्ल्याहा सन्तानमध्ये एक छोरालाई जन्मिएकै बेला गुमाउनुपरेको थियो, जसले उनीहरूको जीवनमा गहिरो पीडा दियाे । यद्यपि, उनीहरूको छोरी बेला इस्मेरेल्दा भने सकुशल छिन्।

जर्जिनाको जन्म अर्जेन्टिनाको ब्यूनस आयर्समा भएको थियो तर उनी एक वर्षकी हुँदा नै स्पेन सरेकी थिइन्। उनी एक मोडल र व्यवसायी पनि हुन्।

Skip This
Skip This
Logo