काठमाडौं

एसियाकप छनोटका लागि श्रीलंकामा अभ्यास खेल खेलिरहेको नेपालले आज अन्तिम तथा तेस्रो अभ्यास खेल खेल्ने भएको छ । "/>

नेपालले आज तेस्रो अभ्यास खेल खेल्ने

नेपालले आज तेस्रो अभ्यास खेल खेल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

एसियाकप छनोटका लागि श्रीलंकामा अभ्यास खेल खेलिरहेको नेपालले आज अन्तिम तथा तेस्रो अभ्यास खेल खेल्ने भएको छ । यस अघिका दुई खेलमा लगातार जित हासिल गरेको नेपाली टोली तेस्रो खेलमा पनि सुखद नतिजा निकाल्ने प्रयासमा छ । नेपाली टोलीले कोल्ट्स क्रिकेट क्लबसँग बिहान सवा १० बजे प्रतिस्पर्धा गर्नेछ ।

आजको खेलपछि नेपाली क्रिकेट टोली भोली सोमबार एसिया कप छनोट खेल्का लागि मलेसिया प्रस्थान गर्नेछ । एसिया कपको छनोट खेलमा टेष्ट खेल्ने बाहेक उत्कृष्ट ६ एसोसिएट टोलीले मलेसियामा अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म खेल्नेछन् । उक्त प्रतियोगितामा एकदिवसीय मान्यता प्राप्त नेपाल र युएईसहित हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाबीच राउण्ड रोविनमा प्रतिस्पर्धा हुनेछ ।

Logo