जकार्ता

एसियाली खेलकुदको कुम्भ मेला १८ औं एसियन गेम्स (एसियाड) को तेस्रो दिन पनि नेपालले आफ्नो खराब प्रदर्शनलाई जारी राखेका छन् । "/>

एसियाडमा नेपालद्वारा खराब प्रर्दशनकै निरन्तरता

एसियाडमा नेपालद्वारा खराब प्रर्दशनकै निरन्तरता

केन्द्रबिन्दु
0
Shares

जकार्ता

एसियाली खेलकुदको कुम्भ मेला १८ औं एसियन गेम्स (एसियाड) को तेस्रो दिन पनि नेपालले आफ्नो खराब प्रदर्शनलाई जारी राखेका छन् । तेस्रो दिनको खेल सकिँदा नेपालले प्रतिस्पर्धा गरेका खेलहरूमा क्वार्टरफाइनल भन्दा अघि बढ्न सकेन ।

पुरुष टिम च्याम्पियनसिपमा नेपाली टोली चाइनिज ताइपेइसँग ३–० को सोझो सेटमा निराश बन्यो । पदकको अपेक्षा गरिएका तेक्वान्दोका खेलाडीले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । प्याराग्लाइडिङको दोस्रो राउन्ड सकिँदा नेपाल तेस्रो स्थानमा रहँदै पदक जित्ने सम्भावना बनाएको छ ।

विश्व च्याम्पियनसिप एसियन तथा दक्षिण एसियाली खेलकुदमा गर्विलो रेकर्ड बनाएको तेक्वान्दो खेलको १८ औँ एसियन खेलकुद प्रतियोगिता एसियाड मा रित्तै फर्कने छाँटकाँट देखाएको छ । पदक आशा गरिएका खेलाडीहरु सहजै विपक्षीबाट पराजित हुँदा यस पटक तेक्वान्दोले नेपाललाई निराश बनाउने पक्का पक्की नै छ ।

सन् २००६ पछि तेक्वान्दोमा नेपालले पदक जित्न सकेको छैन । जेसिस हलमा मंगलबार तीन नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दा सबैमा हार बेहोरेको छ । महिलातर्फ ज्ञानी चुनरा ५७ केजी माथि तौल समूहको क्वार्टरफाइनलबाटै बाहिरिनु नै तेक्वान्दोको तेस्रो हार भएको छ ।

पदक आशा गरेका खेलाडीहरु एकपछि अर्को गरी पराजित भएपछि नेपाली टोलीका प्रशिक्षकहरुले आफ्नो भनाई फेर्न थालेका छन् । प्रतियोगिताको पहिलो दिन सम्म उनीहरुले पदक आउने दाबी गरेका थिए । तर लगभग पदक जित्ने संभावित खेलाडीहरु बाहिरिए पनि उनीहरु प्रदर्शन भन्दा पनि संघ, राष्ट्रिय खेलकुद परिषद तथा नेपाल ओलम्पिक कमिटी विरुद्ध खनिए ।

विशेषत नेपालको तयारी नै राम्रो नभएको र सम्बन्धित निकायले पनि केही नगरेको भनी टिप्पणी गरेका छन् । ‘हामीलाई राज्यले केही पनि गरेन,’ प्रशिक्षक नोर्वु लामाले भने, ‘एसियाडको तयारीका लागि कम्तीमा चार वर्ष निरन्तर तयारी गर्नुपर्छ, अनि मात्र हामीले ठोकुवा गरी पदक आशा गर्न सक्छौँ ।’
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo