क्लब इतिहादकाे सानदार जितमा प्रीति राईकाे गाेल

क्लब इतिहादकाे सानदार जितमा प्रीति राईकाे गाेल

केन्द्रबिन्दु
72
Shares

काठमाडाैं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा नेपाली राष्ट्रिय टिमकी मिडफिल्डर प्रीति राई सम्मिलित जोर्डनको क्लब इतिहादले मलेसियाको केलाना युनाइटेडलाई ४-० को फराकिलो अन्तरले हराएको छ।

खेलको सुरुदेखि नै इतिहादले खेलमा आफ्नो नियन्त्रण कायम राखेको थियो। खेलको २३औं मिनेटमा रोजबाहाह फ्रेजले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। त्यसपछि, ३१औं मिनेटमा केलाना युनाइटेडकी खेलाडीबाट आत्मघाती गोल हुँदा इतिहादको अग्रता २-० मा पुगेको थियो।

दोस्रो हाफमा पनि इतिहादले आफ्नो आक्रमण जारी राख्यो। खेलको ६८औं मिनेटमा नेपाली मिडफिल्डर प्रीति राईले उत्कृष्ट प्रदर्शन गर्दै इतिहादका लागि तेस्रो गोल गरिन्। इतिहादबाट उनले पहिलो गोल गरेकी हुन् ।

खेल सकिन केही मिनेटअघि ८८औं मिनेटमा सिदालिया कुटाले चौथो गोल गर्दै टोलीलाई ४-० को सानदार जित दिलाइन्।

यस जितपछि एतिहादले समूह ‘सी’ मा दोस्रो स्थान प्राप्त गरेको छ। समूहको विजेता टोली अर्को चरणमा सिधै प्रवेश गर्नेछ भने इतिहादले उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने टोलीको रूपमा अगाडि बढ्ने अवसर पाउनेछ।

Logo