काठमाडौं । नेपालका भेट्रान राइडर बिक्रम थापाले जापानको क्लब रेसिङ्गमा जित हात पारेका छन् ।
नेपाली मोटरसाइकलिङ रेसिङ रेसमाण्डुबाट आफ्नो खेलजीवन सुरु गरेका बिक्रम झण्डै एक दशकदेखि जापानमा व्यवसायमा संलग्न छन् र त्यहीको ट्रयाकमा आफुलाई स्थापित गर्दैछन् । हिजो टोकियोनजिक चिवास्थित सोडेगौरा फरेस्ट रेसवे सर्किटमा सम्पन्न मोटरसाइकल रेसिङ्गमा उनले उपाधि हात पारेका हुन् ।
२४०० मिटर लामो ट्रयाकमा ८ ल्याप पुरा गर्दै २२ जनालाई पछि पारेर उनले उपाधि हासिल गरे । ३७३ सिसिसम्मको सिङ्गल सिलिण्डर अथवा २५० सिसिको टुइन सिलिण्डर मोटरसाइकलको सो क्लव सिरिजको चौथो राउण्डमा फस्ट पोजिसन निकाल्न बिक्रम सफल भएका हुन् ।
नेपाली मोटरसाइकल रेसिङ्गका सुरुवाति सकयका उन्धा राइडर बिक्रम नेपालको प्रारम्भिक र लोकप्रिय रेसिङ्ग रेसमाण्डुमार्पmत नेपाली मोटरसाइकल रेसिङ्गलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने एक मुख्य पात्र समेत हुन् ।
नेपालका थुप्रै रेसिङ्ग इभेन्टका पोडियम होल्डर बिक्रमले एशिया कप अफ रोड रेसिङ्ग, सुजिकि एसियन च्यालेन्च जस्ता अन्तराष्ट्रिय रेसमा राम्रो पदर्शन गर्नुका साथै २०१४ बेजिङ्गमा भएको एफआइए यङ्ग ड्राइभर्स एक्सिलेन्स एकेडेमी ट्रेनिङ्गमा फरमुला रेसिङ्ग तयारीका लागी नेपालबाट छनौट समेत भएका थिए । यस अघि २०१८ मा जापानमै भएको टिके रेन्टल बाइक सिरिजको एक्सपर्ट क्लासको उपाधि उनले समेत जितेका थिए ।
उनका प्रदर्शनीलाई मध्यनजर गर्दै नेपाल अटोमोवाइल्स एसोसिएसनले गत वर्ष उनलाई च्याम्पियन्स अवार्डले सम्मान गरेको थियो ।
लाखौँ नेपाली कार्यरत रहेको जापानमा हाल दजनौँ मोटरस्पोर्टस्का पारखी सार्वजनिक भइरहेका छन् । यस अवस्थामा बिक्रमकै सक्रियतामा “मोटो–जाप नेपाल” क्लब स्थापनाका लागी गत महिनादेखि नेपाल र जापानमा संस्थागत रुपमा संचालन गर्ने कार्ययोजना रहेको बिक्रम बताउँछन् ।





























प्रतिक्रिया