नेपाल vs नेदरल्याण्ड्स: नेपालको २ विकेट गयो (अपडेट)

नेपाल vs नेदरल्याण्ड्स: नेपालको २ विकेट गयो (अपडेट)

केन्द्रबिन्दु
0
Shares

दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले २ विकेट गुमाएको छ । नेपालले एकै ओभरमा २ विकेट गुमाएको हो ।

उपकप्तान ज्ञानेन्द्र मल्ल ७.३ ओभरमा फ्रेड कासेनको बलमा आउट भए भने ७.६ ओभरमा ज्ञानेन्द्रलाई रिप्लेस गरेका अनिल साह आउट भए । 

टस जितेर ब्याटिंग रोजेको नेपालले ३ खेलाडी परिवर्तन गरेको छ । आजको खेलमा करण केसीको स्थानमा ललित भण्डारी,  शरद भेषवाकरको स्थानमा सुवाष खकुरेल, र शक्ति गौचनको स्थानमा रोहित पौडेल आएका छन्  । 

यसअघि बुधबार भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल आयोजक नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४७ दशमलव ४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो । जितका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सकेको थियो । 

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट एक दिवसीय मान्यता पाए यता खेल्न लागेको यो दोस्रो अवसर हो । 

यस्तो छ नेपालको आजको टिम  

१.ग्यानेन्द्र मल्ल
२.अनिल कुमार साह
३.सुबास खकुरेल
४.पारस खड्का
५.दिपेन्द्र सिह
६.आरिफ सेख
७.रोहित कुमार पौडेल 
८.सोम्पाल कामि
९.ललित भन्डारि
१०.वसन्त रेग्मि
११.सन्दिप लामिछाने

Skip This
Skip This
Logo