नेपालले आज दोस्रो ओडिआई खेल्दै, जित्नैपर्ने दबाब

नेपालले आज दोस्रो ओडिआई खेल्दै, जित्नैपर्ने दबाब

केन्द्रबिन्दु
0
Shares

आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको नेपालले आज बदला लिने सोचका साथ् दोस्रो ओडिआई खेल खेल्दैछ । आम्सटर्डमको भिआरए मैदानमा हुने खेल नेपाली समयानुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

ओडिआई यात्रा कायम राख्न नेपालले दोस्रो खेल जित्नु अनिवार्य छ । पहिलो खेलमा सुरुमा नेदरल्यान्ड्समाथि हाबी भए पनि जित हात पार्न सकेको थिएन ।
ब्याटिङ रोजेको नेदरल्यान्ड्सलाई नेपालले १ सय ८९ रनमै अलआउट गरेको थियो। नेपालले ८५ रन बनाउदा १ विकेट मात्र गुमाएको थियो। तर त्यसपछि राम्रो प्रदर्शन गर्न नसक्दा पराजित भोगेको थियो ।

नेपालको मध्यपंक्तिले सुधार गर्नुपर्ने देखिएको छ।कप्तान पारस खड्काले यो खेल जसरी पनि जित्ने बताएका छन् । तर यो खेलमा शरद भेषावकर नखेल्ने निश्चित छ । उनको स्थानमा रोहितकुमार पौडेलले खेल्ने छन्।

Logo