ओमानमाथि भारतको २१ रनको रोमाञ्चक जित

ओमानमाथि भारतको २१ रनको रोमाञ्चक जित

केन्द्रबिन्दु
36
Shares

काठमाडाैं । अबु धाबीकाे शेख जायद स्टेडियममा भएको एसिया कपको समूह चरणको १२ औं टी-२० खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८८ रनको विशाल योगफल तयार पारेको थियो। भारतका लागि सञ्जु स्यामसनले उत्कृष्ट प्रदर्शन गर्दै ४५ बलमा ५६ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै, अभिषेक शर्माले विस्फोटक ब्याटिङ गर्दै १५ बलमा ३८ रन जोडे भने तिलक वर्माले १८ बलमा २९ रनको महत्त्वपूर्ण योगदान दिए।

ओमानका बलरमध्ये आमिर कलीम र फैसल शाहले उत्कृष्ट प्रदर्शन गरे। कलीमले ३ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए भने शाहले ४ ओभरमा मात्र २३ रन दिँदै २ विकेट लिए।

जवाफमा, ओमानले कडा चुनौती दिँदै २० ओभरमा १६७ रन मात्र बनाउन सक्यो, तर लक्ष्य भेट्याउन सकेन । ओमानका लागि आमिर कलीमले ब्याटिङमा पनि शानदार प्रदर्शन गर्दै ४६ बलमा ६४ रन बनाए। त्यस्तै, हम्माद मिर्जाले ३३ बलमा ५१ रनको अर्धशतकीय इनिङ खेले भने जतिंदर सिंहले ३३ बलमा ३२ रन जोडे। ओमानका यी तीन ब्याट्सम्यानले लामो समयसम्म भारतलाई दबाबमा राखेका थिए।

भारतको तर्फबाट बलरहरूले कसिलो बलिङ गरे। कुलदीप यादवले ३ ओभरमा २३ रन दिएर १ विकेट लिए, हर्षित राणाले ३ ओभरमा २५ रन खर्चेर १ विकेट र हार्दिक पाण्ड्याले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए।

Skip This
Skip This
Logo