उपाध्यक्ष कप फुटबल आगामी शनिबारदेखि

उपाध्यक्ष कप फुटबल आगामी शनिबारदेखि

केन्द्रबिन्दु
9
Shares

सिमकोट (हुम्ला) । रानीवन युवा क्लबको आयोजनामा सिमकोट गाउँपालिकामा आगामी शनिबारदेखि उपाध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ।

लिग चरणमा हुने प्रतियोगितामा जिल्लाका नौ टोलीले प्रतिस्पर्धा गर्ने जानकारी आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइयो।

प्रतियोगितामा विजयी हुने समूहले रु एक लाख ५० हजार तथा उपविजेताले रु ७५ हजार नगदसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्।

Skip This
Skip This
Logo