मलेसियाले नेपाललाई दियो ११२ रनको लक्ष्य

मलेसियाले नेपाललाई दियो ११२ रनको लक्ष्य

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । मलेसियाले अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा नेपाली महिला टोलीलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । आज भएको खेलमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १११ रन जोडेको हो ।

मलेसियाका लागि मास एलिसा यास्मिनले अर्धशतकीय इनिङ खेलिन् । ६३ बलमा उनले नटआउट ५६ रन जोडिन् । माहिरा इज्जती इस्माइलले १८ रन तथा नुर दानिया सुहादाले १५ रन जोडिन् ।

नेपालका लागि कविता कुँवरले सर्वाधिक ३ विकेट लिइन् ।

पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा १३ रनले पराजय भएको थियो । पाँच खेलको सिरिजमा नेपालले दुई खेल गुमाइसकेको हुनाले मलेसिया २–१ ले अगाडि छ भने आजको खेलमा पनि मलेसियाले जित निकाले एक खेल अगाडि नै सिरिज उचाल्ने छ ।

मलेसियासँग नेपालको फाइनल भिडन्त २२ गते हुनेछन् । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिमले सिरिजमा बराबरी गर्न आजको खेल जित्नैपर्ने दबाब छ ।

Logo