काठमाडौं । पाँच खेलको अन्तर्राष्ट्रिय टी२० सिरिजको अन्तिम तथा निर्णायक खेलमा मलेसियाको महिला टोलीले नेपाललाई मध्यम लक्ष्य प्रस्तुुत गरेको छ ।
बायुमास ओभलमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०३ रन जोडेको हो । मलेसियाका लागि ओपनर विनिफ्रेड ए. दुराईसिंघम ले सर्वाधिक ४० रन बनाएर इनिङ्स सम्हालेकी थिइन्। उनले ४५ बलको सामना गरेकी थिइन्।
अन्य ब्याटरहरूमा ऐना हमिजा हासिमले १९ बलमा १५ रन, माहिरह इज्जतीले १८ बलमा १९ रन र नुर इज्जातुल स्याफिकले १० रनको योगदान दिए। तीव्र गतिमा रन बटुल्न संघर्ष गरेको मलेसियाले अन्तिमतिर विकेट गुमाएकाे थियाे ।
नेपालका लागि बलियो बलिङ प्रदर्शन गर्ने क्रममा राजमती ऐरी सबैभन्दा सफल भइन्। उनले ३ ओभरमा १५ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिइन्। यस्तै, कविता कुँवरले पनि उत्कृष्ट बलिङ गर्दै २ विकेट हात पारिन्। राजमतीले मलेसियाका शीर्ष चार ब्याटरमध्ये तीनलाई आउट गरेकी थिइन्।
सिरिजको उपाधि उचाल्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । पाँच खेलको सिरिजमा २-२ को बराबरी खेलेका नेपाल र मलेसिया आज फाइनल प्रतिस्पर्धा गर्न लागेका हुन् ।
पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा फेरि ६ विकेटको सानदार जित निकालेको थियो ।





























प्रतिक्रिया