काठमाडाैं । ओमानले आईसीसी टी२० विश्वकप क्वालिफायरको रोमाञ्चक ‘सुपर सिक्स’ चरणको अन्तिम खेलमा जापानलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। ओमानको अल अमेरत क्रिकेट ग्राउन्डमा भएको यस खेलमा १८ बल बाँकी छँदै ओमानले सहज जित हासिल गरेको हो।
ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। जापानले पहिला ब्याटिङ गर्दै १८.२ ओभरमा सबै विकेट गुमाएर मात्र १०३ रन बनाउन सक्यो। जापानका लागि इब्राहिम ताकाहासीले सर्वाधिक २९ रन बनाए। यस्तै, चार्ल्स हिन्जेले १५ रन र इसाम रहमानले १२ रनको योगदान दिए।
ओमानका बलर सुफियान मेहमूदले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २६ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए।
१०४ रनको सामान्य लक्ष्य पछ्याएको ओमानले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्यो। ओमानले १७ ओभरमा मात्र १ विकेट गुमाएर १०७ रन बनाउँदै जित दर्ता गर्यो। ओमानको जितमा ह्याम्माद मिर्जाले उत्कृष्ट प्रदर्शन गर्दै ५५ बलमा अविजित ५० रनको अर्धशतकीय पारी खेले। उनलाई आमीर कलीमले २८ रन र वासिम अलीले १९ बलमा अविजित २५ रन बनाएर साथ दिए।
जापानका बलरहरूमध्ये चार्ल्स हिन्जेले २ ओभरमा १८ रन खर्चेर ओमानको एक मात्र विकेट लिए।































प्रतिक्रिया