काठमाडौं
विश्वकप फुटबलको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा अहिले समूह एफका जर्मनी र दक्षिण कोरियाको खेल जारी छ। जारी खेलमा पहिलो हाफ सकिदा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।
पहिलो हाफमा जर्मनीले पाएका केहि अवसर सदुपयोग गर्न सकेन । अघिल्ला दुई खेलमा हार व्यहोरेको कोरियाले जर्मन विरुद्ध भने उत्कृष्ट प्रदर्शन गर्दै गोल गर्न दिएको छैन । कोरियालाई जर्मनीले पुरै दबाबमा राखेपनि सोचे अनुसारको खेल प्रदर्शन गर्न सकेको छैन । जर्मनी विश्वकपको साविक विजेता हो ।
यता समूह चरण अन्तर्गतको आफ्नो अन्तिम खेलमा प्रतिष्पर्धा गरिरहेका मेक्सिको र स्विडेन , जारी विश्वकपको समूह एफ तर्फको तेस्रो खेलमा मेक्सिको विरुद्ध स्विडेनले अग्रता लिएको छ। खेलको ५० औँ मिनेटमा स्विेडनका खेलाडी अगस्टिनसनले पहिलो गोल गर्दै अग्रता दिलाएका हुन् ।































प्रतिक्रिया