एसियाली ‘युथ गेम्स’मा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने

एसियाली ‘युथ गेम्स’मा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । तेस्रो एसियाली ‘युथ गेम्स’मा नेपालबाट विभिन्न पाँच खेलमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

बहराइनमा हुने उक्त प्रतियोगिता यही कात्तिक ५ देखि १४ गतेसम्म हुनेछ । नेपालबाट ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व सिंह र आर्या महर्जनले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

टोलीको ‘अफिसियल’ प्रतिनिधिमा तिलक पाण्डे (ब्याडमिन्टन), ध्रुवबाबु थापा (गल्फ), देवकीमाया श्रेष्ठ (जुडो), भूपेश शाक्य (मुवाँथाई) र नयना शाक्य (पौडी) रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव एवं राखेपका सदस्य रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, राष्ट्रिय टोली तयारी समितिका निर्देशक दीपक विष्टलगायतले आज यहाँ आयोजित एक कार्यक्रममा उनीहरूलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । मुवाँथाई टोली भोलि बहराइन जाने छ ।

Skip This
Skip This
Logo