म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई हरायाे

म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई हरायाे

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । इंग्लिस प्रिमियर लिगअन्तर्गत रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गरेको छ ।

युनाइटेडका लागि पहिलो हाफमै माथियस कुन्हाले २४ औं मिनेटमा र कासेमिरोले ३४ औं मिनेटमा गोल गर्दै २-० को अग्रता दिलाएका थिए।

दोस्रो हाफमा खेल थप आक्रामक बन्यो। युनाइटेडका ब्रायन एमब्युमोले ६१ औं मिनेटमा गाेल गरे । यद्यपि, ब्राइटनका लागि ड्यानी वेलबेकले ७४ औं मिनेटमा र चारालाम्पोस कोस्टौलासले इन्जुरी समयमा गोल फर्काए । तर एमब्युमोले इन्जुरी समयकै अन्तिम मिनेटमा दाेस्राे गाेल गरेपछि ४-२ को जित सुनिश्चित गरेका हुन् ।

Logo