इस्लामिक स्टेटको निशानामा मेस्सी र नेयमर

इस्लामिक स्टेटको निशानामा मेस्सी र नेयमर

केन्द्रबिन्दु
0
Shares

रसियामा आयोजना भैरहेको विश्वकप फुटबल प्रतियोगितामा इस्लामिक स्टेटले कुनै पनि रुपमा आक्रमण गर्ने घोषणा गरेपछि सुरक्षा ब्यवस्था कडा गरिएको छ ।

बिश्वकै सर्वाधिक चासो रहने खेलकुद प्रतियोगिताको मौका पारेर आक्रमणको प्रयास गर्दा आतंकको चर्चा विश्वब्यापी हुने र यस्ता आक्रमणमा जनधनको क्षति पनि धेरै नै हुने देखेर पनि आक्रमणको प्रयास हुने गरेको छ । यही कुरालाई बुझेर रसियाले सुरक्षा ब्यवस्थालाई निकै कडाई गरेको जनाएको छ ।

इस्लामिक स्टेटको शाखा वाफा मिडिया फाउण्डेसनले बिश्वकपमा खेलिरहेका अर्जेन्टिनाका लियोनल मेस्सी र ब्राजिलका नेयमरको तस्विरहरुलाई प्रयोग गरेर आक्रमण गर्ने धम्कि दिएका थिए । यो वाहेक रसियाले सिरियाका राष्ट्रपति बसद अल असदलाई सहयोग गर्ने नाममा सिरियामा युद्धरत धेरै आईएसआईएसका लडाकु लगायत नागरिकहरुको हत्या गरेको थियो । यही आक्रमणलाई बदला लिने आईएसआईएसले अहिले विश्वकपलाई उचित मौकाको रुपमा लिएको जनाएको छ ।

सन् २०१५ मा पेरिशमा आयोजना भएको एक फुटबल प्रतियोगितामा पनि इस्लामिक स्टेटका लडाकुले रंगशाला बाहिर आक्रमण गरेका थिए ।

Skip This
Skip This
Logo