अभिषेक शर्माको अर्धशतकको बाबजुत भारत १२५ रनमै अलआउट

अभिषेक शर्माको अर्धशतकको बाबजुत भारत १२५ रनमै अलआउट

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । अस्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा निराशाजनक ब्याटिङ प्रदर्शन गरेको छ। ओपनर अभिषेक शर्माको उत्कृष्ट अर्धशतकको बाबजुत भारतीय टोली १८.४ ओभरमा जम्मा १२५ रन बनाएर अलआउट भएकाे हाे ।

अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको भारतका लागि युवा ब्याट्सम्यान अभिषेक शर्माले मात्र जुझारु प्रदर्शन गर्न सके। उनले ३७ बलमा ८ चौका र २ छक्कासहित ६८ रनको शानदार पारी खेले। अभिषेकबाहेक अर्का कुनै पनि खेलाडीले ठूलो स्कोर बनाउन सकेनन्।

भारतीय टिमको शीर्ष क्रम र मध्यक्रम पूर्ण रूपमा असफल रह्यो। कप्तान सूर्यकुमार यादव १ रन, शुभमन गिल ५ रन, सञ्जु स्यामसन २ रन लगायतका प्रमुख ब्याट्सम्यानहरू सस्तैमा आउट भए। पुछारका ब्याट्सम्यान हर्षित राणाले ३५ रन बनाएर अभिषेकलाई केही साथ दिए। तर, त्यसले टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याउन सकेन।

अस्ट्रेलियाका अनुभवी तीव्र गतिका बलर जोश हेजलवुड भारतीय ब्याटिङका लागि घातक साबित भए। उनले ४ ओभरमा मात्र १३ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए। हेजलवुडले शुभमन गिल, सूर्यकुमार यादव र तिलक वर्माको विकेट लिँदै भारतलाई ठूलो धक्का दिएका थिए। अन्य बलरहरूमा जेभियर बार्टलेट र नाथन एलिसले २-२ विकेट लिए।

Skip This
Skip This
Logo