काठमाडौं

विश्वकप फुटबल आउँदा पशुपक्षी, जनावर तथा वन्यजन्तु आदिलाई भविष्यवाणीका रूपमा प्रयोग गरिन्छ । "/>

विश्वकप विशेष : रशिया विश्वकपको ज्योतिषी सेतो बिरालो !

विश्वकप विशेष : रशिया विश्वकपको ज्योतिषी सेतो बिरालो !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप फुटबल आउँदा पशुपक्षी, जनावर तथा वन्यजन्तु आदिलाई भविष्यवाणीका रूपमा प्रयोग गरिन्छ । ती मध्ये विगतमा अक्टोपस नै सर्वाधिक सफल रह्यो । अब ३ दिनपछि रसियामा विश्वकप हुँदैछ । आयोजक रसियाले पनि अन्तर्राष्ट्रिय मिडिया र फुटबल समर्थकको ध्यान तान्नेक्रममा विश्वकपको भविष्यवाणी गर्ने जनावर सार्वजनिक गरेको छ । यसपटक रसियाले सेतो बिरालो प्रयोग गर्नेछ ।

आयोजकले शनिबार सेतो रङको अचिलेस नामको बिरालोलाई आधिकारिक रूपमा विश्वकपको ज्योतिषी भनी सार्वजनिक गरेको हो । रसियाको राष्ट्रिय जनावर भालु हो । रसियाले एकपटक भालुलाई नै विश्वकपको भविष्यवाणीका रूपमा परीक्षण गर्ने योजना बनाएको थियो । तर राष्ट्रिय जनावरको सम्मान गर्दै योजना अगाडि बढाइएन । त्यसपछि सबैभन्दा सजिलो र घरपालुवा जनावर बिरालो नै उपयुक्त हुने देखिएपछि अचिलेस क्याट छनोट भएको हो ।

सन् २०१० मा प्रतिस्पर्धी राष्ट्रका झन्डा अक्युरियममा राखिएको थियो । अक्टोपस जुन राष्ट्रको झन्डामा बस्थे, त्यही राष्ट्र नै खेलमा विजेता हुने भविष्यवाणी हुन्थ्यो । तर यसपटक रसिया विश्वकपमा अलि फरक छ । खेल अगाडि वा एक दिन अघि बिरालोको सामु स–साना दुईवटा बाकस राखिन्छ । बाकसको दायाँ–बायाँ झन्डा हुन्छ । बिरालो जुन बाकस भित्र छिर्छ, त्यही राष्ट्र विजेता हुनेछ । यसका लागि आयोजकले अचिलेस बिरालोलाई धेरैपटक परीक्षण गरिएको थियो । अहिले अचिलेस यसमा अभ्यस्त भइसकेका छन् । आयोजकले विश्वकप सुरु भएपछि अचिलेस बिरालोलाई आधिकारिक रूपमै भविष्यकर्ताको जिम्मेवारी दिनेछ ।

सन् २०१० मा ब्राजिलले कछुवाको प्रयोग गरेको थियो । तर कछुवाको भविष्यवाणी अक्टोपसको जस्तो हुन सकेन । त्यसकारण ब्राजिल विश्वकपमा कछुवाको प्रयोग असफल भयो । सन् २०१२ को युरोकपमा हात्तीलाई प्रयोग गरियो । युक्रेनको क्राकोउ चिढियाघरमा एक ठूलो हात्तीलाई परीक्षण गरिएको थियो । सो हात्तीको पाँचपटक मात्र भविष्यवाणी सफल भएको थियो ।

यता मध्यपूर्वी एसियामा ऊँट खेलका भविष्यवाणीकर्ता हो । सन् २०१४ को विश्वकपमा अरबी फुटबल समर्थकहरूले मरुभूमिमा ऊँटको दायाँ–बायाँ दुई झन्डा राखे । ऊँटले बल जुन राष्ट्रको झन्डामा छुन्थ्यो, त्यहीमा उनीहरूले बाजी लगाउँथे । यता नेदरल्यान्डका फुटबल समर्थकले सन् २०१२ को युरोकप र २०१४ को विश्वकपमा सुगालाई प्रयोग गरेका थिए ।
नयाँ पत्रिकाबाट

Logo