बार्सिलोनाको जितमा लामिनको गोल

बार्सिलोनाको जितमा लामिनको गोल

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ। स्पेनिस फुटबल लिग ला लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले जित हात पारेकाे छ । गएराति भएकाे खेलमा बार्सिलोनाले इल्चेलाई ३-१ गोल अन्तरले पराजित गरेको हाे ।

यस जितसँगै बार्सिलोना लिग लिडर रियल म्याड्रिडसँगको अंक दूरी कम गर्न सफल भएको छ।

बार्सिलोनाले खेलको सुरुमै गोल गर्दै आक्रामक प्रदर्शन गर्‍यो। लामिन यामालले नवौं मिनेटमा गोल गर्दै खाता खोले। यामालको गोलको लगत्तै, फेरान टोरेसले १२औँ मिनेटमा दोस्रो गोल थपे। इल्चेको रक्षापंक्तिमा भएको गल्तीको फाइदा उठाउँदै टोरेसले सहज गोल गरेका थिए।

पहिलो हाफको अन्त्यतिर, राफा मीरले ४२औँ मिनेटमा सुन्दर गोल गर्दै इल्चेलाई खेलमा फर्काउने प्रयास गरे। हाफ टाइममा बार्सिलोना २-१ ले अगाडि थियो।

तर दोस्रो हाफमा इल्चेले बराबरी गर्ने केही राम्रा मौकाहरू सिर्जना गरे पनि गोल गर्न सकेन। अन्ततः मार्कोस रासफोर्डले ८१औँ मिनेटमा उत्कृष्ट गोल गर्दै बार्सिलोनाको ३-१ को जित सुनिश्चित गरे।

Skip This
Skip This
Logo