काठमाडौं
आगामी जुन १४ देखि जुलाई १५ सम्म रसियामा हुने फिफा विश्वकपले संसार नै फुटबलमय बन्दै छ । "/>

विश्वकप विशेष : को हुन अहिले सम्म विश्वकपका सर्वाधिक गोलकर्ता ( सर्वाधिक गोल गर्ने यी ७ फुटबलर )

विश्वकप विशेष : को हुन अहिले सम्म विश्वकपका सर्वाधिक गोलकर्ता ( सर्वाधिक गोल गर्ने यी ७ फुटबलर )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
आगामी जुन १४ देखि जुलाई १५ सम्म रसियामा हुने फिफा विश्वकपले संसार नै फुटबलमय बन्दै छ । प्रत्येक ४ वर्षको अन्तरालमा हुने एकमहिने फुटबल लहरले अन्य खेललाई ओझेलमा पार्ने निश्चित प्रायः छ । फुटबलको महाकुम्भ शुरू हुनै लाग्दा विश्वकपसँग सम्बन्धित रोचक कुराको कौतुहलता बढ्नु स्वभाविकै हो । जसमध्येको एउटा हो विश्वकपका सर्वाधिक गोलकर्ता ।

सन् १९३० देखि प्रत्येक ४ वर्षको अन्तरालमा आयोजना हुँदै आएको फिफा विश्वकपको यो २१ औं संस्करण हुनेछ । ८८ वर्षको इतिहास बोकेको विश्वकपमा थुप्रै खेलाडीले गोल गरेका छन् । सन् १९३० मा भएको विश्वकपको पहिलो संस्करणमा फ्रान्सका लुसिएन्ट लौरेन्टले पहिलो गोल गरेयता १२ सय जना भन्दा बढी फुटबलरले विश्वकप गोलमा आफ्नो नाम लेखाइसकेका छन् । जसमध्ये हालसम्म १० भन्दा बढी गोल गर्ने खेलाडी जम्मा ७ जना मात्रै रहेका छन् । जसमध्येका तीन खेलाडी जर्मनीका छन् । यस्तै सर्वाधिक ५ पटक विश्वकप जितेका ब्राजिलका दुईसहित फ्रान्स र हंगेरीका एक–एक खेलाडीले १० भन्दा बढी गोल गरेका छन् । यसै प्रसंगमा विश्वकपमा सर्वाधिक १६ गोल गरेका मिरोस्लाभ क्लोजको संक्षिप्त जानकारी यहाँ प्रस्तुत गरिएको छ ।

मिरोस्लाभ क्लोज, जर्मनी (१६ गोल)

सन् २०१४ को ब्राजिलमा सम्पन्न फिफा विश्वकपमा व्यक्तिगत गोल संख्या १६ पु¥याएसँगै जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोज विश्वकपका सर्वाधिक गोलकर्ता बनेका छन् । उनले सन् २००२ देखि २०१४ सम्म गरी चार वटा विश्वकपमा कुल १६ गोल गरेका हुन् । सन् २००२ को दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा उनले ५ गोल गरेका थिए । ती सबै गोल उनले हेड मार्फत गरेका थिए ।

उक्त विश्वकपको समूह चरण अन्तर्गत जुन १ मा जर्मनीले साउदी अरेबियालाई ८–० ले पराजित गर्दा उनले ह्याट्रिक गरेका थिए । त्यस्तै रिपब्लिक अफ आयरल्यान्ड र क्यामरून विरुद्ध पनि उनले समान एक–एक गोलको योगदान गरेका थिए ।

यसै गरी सन् २००६ को विश्वकपमा पनि उनले ५ गोल नै गरेका थिए । समूह चरणको खेलमा जर्मनीले कोस्टारिकालाई ४–२ ले हराउँदा उनले आफ्नो नाममा २ गोल लेखाएका थिए । यस्तै इक्वेडरविरुद्ध समूहको अन्तिम खेलमा पनि उनले २ गोल गरेपछि जर्मनी ३–० ले विजयी बनेको थियो । यसै गरी क्वार्टरफाइनलमा अर्जेन्टिनाले १–० ले अग्रता लिँदा क्लोजले नै खेलको ८० औं मिनेटमा हेड मार्फत बराबरी गोल फर्काएका थिए ।

सन् २०१० को विश्वकपमा पनि उनले ४ गोलको योगदान गर्दै विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या १४ पु¥याएका थिए । समूह चरणमा जर्मनीले अस्ट्रेलियालाई ४–० ले हराउँदा उनले १ गोल गरेका थिए । त्यसपछि अन्तिम १६ को खेलमा जर्मनीले इंग्ल्यान्डलाई ४–१ ले हराउँदा उनले १ गोल आफ्नो नाममा लेखाएका थिए । त्यस्तै क्वार्टर फाइनलमा जर्मनीले नै अर्जेन्टिनाको चुनौती ४–० ले समाप्त पार्दा पनि उनले २ गोल गरेका थिए ।

विश्वकपमा १० भन्दा बढी गोल गर्ने फुटबलर :

गोल          खेलाडी                   देश
१६           मिरोस्लाभ क्लोज         जर्मनी
१५           रोनाल्डो                   ब्राजिल
१४           गर्ड मुलर                 जर्मनी
१३           जस्ट फोन्टेन              फ्रान्स
१२           पेले                        ब्राजिल
११           सान्डोर कोक्सिस          हंगेरी
११           जर्गेन क्लिन्सम्यान         जर्मनी

 

Skip This
Skip This
Logo