आइसिसी विश्वकप क्रिकेट लिग–२ः नेपाल र युएईको आज अन्तिम खेल

आइसिसी विश्वकप क्रिकेट लिग–२ः नेपाल र युएईको आज अन्तिम खेल

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा आज नेपाल र घरेलु टोली युएई प्रतिस्पर्धा गर्दैछन्।

दुबईस्थित आइसिसी एकेडेमी मैदानमा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ। यो खेल दुवै टोलीका लागि लिग–२ को अंक तालिकामा सुधार गर्ने महत्त्वपूर्ण अवसर हो।

जितविहीन नेपालले आज युएईलाई हराउँदै लिग–२ को आफ्नो यात्रालाई सुखद अन्त्य दिने लक्ष्य लिएको छ। यसअघि भएको पहिलाे खेलमा युएईले नेपाललाई हराएको थियो, भने नोभेम्बर १ मा अमेरिकासँग पनि दुवै खेलमा हार बेहोर्‍यो। यसरी, नेपालको हालको फर्म कमजोर छ । पछिल्ला पाँच ओडिआइ खेलमध्ये चारमा हार बेहोरेको छ।

यूएई भने नेपालविरुद्ध लगातार दोस्रो जित हासिल गर्ने दाउमा छ।

लिगमा २४ खेल खेलेको अमेरिका १८ जित र ६ हारका साथ ३६ अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा छ। यता १९ खेल खेलेको नेपाल ५ जित, १२ हार र २ खेलमा अंक बाँड्दै १२ अंक बनाएर सातौँ स्थानमा छ। समान खेल खेलेको यूएई ४ जित र १५ हारसहित ८ अंक बटुलेर तालिकाको पुछारमा छ।

Skip This
Skip This
Logo